काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) मैदानमा भएको खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो। शिखर धवनले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७२ रन जोडे। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग ६५ रनको अविजित साझेदारी गरे। मक्सुदले ११ बलमा १ चौकासहित १४ रन बनाए। चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झाले २ रनको योगदान दिए। अर्जुन घर्ती ४ रनमा आउट हुँदा ओपनर देव खनालले खाता खोल्न सकेनन्।
काठमाडौंका बलर जेरार्ड एरासमसले २ विकेट लिए भने करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस