८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल एसबिआई बैंकले १०.६५% लाभांश दिने घोषणा

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।



Nepal SBI Bank
  • Sangeeta Gurung
  • ३ हप्ता अघि
  • पाठक संख्या ६०
  • नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

    बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    गत आर्थिक वर्ष २०७९–८० मा बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो।

    नेपाल एसबिआई बैंकको वर्तमान चुक्तापुँजी १० अर्ब ५० करोड रूपैयाँ रहेको छ, र सोही पुँजीको आधारमा लाभांश वितरणको निर्णय गरिएको छ।