३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनसरीमा ६९० किलो गाँजा बरामद, चार राउण्ड गोली प्रहार

गाँजा ओसारपसार गरिरहेको अवस्थामा दुईवटा गाडी फेला परेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेका कारण चार राउण्ड गोली प्रहार गरिएको थियो।



Gun
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २०१
  • सुनसरी- मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ६९० किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसार गरिरहेको अवस्थामा दुईवटा गाडी फेला परेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेका कारण चार राउण्ड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले जनाएका छन्।

    प्रहरीको कारबाहीमा मोरङको सुन्दरहरैँचा नगरपालिका-११ बस्ने श्याम विश्वकर्मा पक्राउ परेका छन्। एउटा गाडी नियन्त्रणमा लिइए पनि अर्को गाडी भागेर केही पर पुगेपछि चालकले गाडी छाडेर फरार भएका थिए।

    प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।