२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जाजरकोट जीप दुर्घटनामा दुई मजदुरको मृत्यु

जीप दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।



Accident
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १५९
  • जाजरकोट, सुर्खेत - जाजरकोटमा जीप दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    जाजरकोट प्रहरीका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका–७ निवासी २४ वर्षीय मनोज केसी र जुम्ला निवासी २२ वर्षीय मिथुन हमाल रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार दुर्घटना भेरी नगरपालिका–१० नुवागाउँ नजिक भएको हो।

    कार्कीगाउँबाट जतिपुरतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जीप सडकबाट ७ सय मिटर तल खसेको बताइएको छ।

    दुर्घटनामा सोही लोकमार्गमा कार्यरत २२ वर्षीय कमल चौधरी घाइते भएका छन्। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।