१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पुनः म्याद थपको लागि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १२२
  • पोखरा — सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ। मंसिर ८ गतेदेखि लागू भएको १५ दिनको म्याद शनिबार सकिएपछि पुनः म्याद थप गर्न प्रहरी तयारीमा छ।

    सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

    हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही, काठमाडौं, र चितवनमा बयानका लागि लगिएको थियो। उनलाई सुप्रिम सहकारी (बुटवल), स्वर्णलक्ष्मी सहकारी (काठमाडौं), सहारा सहकारी (चितवन), र सानो पाइला सहकारी (वीरगञ्ज) को रकम अपचलन गरेको आरोप छ।

    यसअघि, अदालतले लामिछानेको म्याद पटक–पटक थप गरेको थियो। पहिलोपटक ६ दिन, दोस्रोपटक ७ दिन, तेस्रोपटक १० दिन, चौथोपटक १३ दिन, र पाँचौँपटक १५ दिनको म्याद थप गरिएको थियो। असोज ६ गतेलाई पहिलो दिन मान्दै म्याद गणना गरिएको अदालतले जनाएको छ।