८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्रकारमाथि कारबाही माग गर्दै हर्क साम्पाङको गृहमन्त्रीलाई पत्र

हर्क साम्पाङले खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्षमाथि कारबाही माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।



Harka Sampang
  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ६६
  • धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिमाथि कारबाही माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।

    पत्रकार दाहालले आफूलाई नक्कली माओवादी बनेर चन्दा असुलेको भ्रामक समाचार लेखेको र ऋषिले त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरी भ्रम फैलाएको आरोप लगाएका छन्।

    साम्पाङले पत्र मार्फत प्रेस स्वतन्त्रताको नाममा चरित्र हत्या र सामाजिक शान्तिमा खलल पुर्‍याउने कार्यमा संलग्नहरूलाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न आग्रह गरेका छन्।