पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थलबाट पर्सा लैजाने तयारी गरिएको छ।
प्रहरीका अनुसार उनलाई काठमाडौँ हुँदै सिमरा र त्यसपछि पर्सा लैजान लागिएको हो।
लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पर्सामा समेत मुद्दा दर्ता भएकाले त्यहाँ बयानका लागि लैजान लागिएको जनाइएको छ।
यसअघि, उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो।
प्रतिक्रिया दिनुहोस