८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीनकुने घटनाका अपराधीलाई कारबाही गर्न विप्लवको माग

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीनकुने घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४१
  • काठमाडौं, चैत्र १६ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीनकुने घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

    शनिबार जारी गरेको विज्ञप्तिमा विप्लवले विरोध सभाको नाममा भीड जम्मा गरी तोडफोड र आगजनी गर्ने कार्य आपत्तिजनक भएको बताएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) को कार्यालय, भाटभटेनी सुपरमार्केट, सञ्चारमाध्यमका कार्यालयहरू तथा निजी घरहरूमा आक्रमण हुनु अराजक गतिविधि भएको भन्दै कारबाहीको माग गरेका हुन्।

    विप्लवले घटनाबारे जानकारी गराउँदा पनि प्रहरी समयमै नपुगेको भन्दै राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले राजनीतिक अस्थिरता, आर्थिक संकट, भ्रष्टाचार र विदेशी हस्तक्षेपकै कारण यस्ता प्रतिगामी गतिविधि मौलाएको बताएका छन्।

    विज्ञप्तिमा उनले भनेका छन्, "समस्या दलाल पुँजीवाद र संसदीय व्यवस्थामा छ। यसको समाधान समाजवादको स्थापनाबाट मात्र सम्भव छ।"

    उनले आम जनतालाई प्रतिगमनकारी प्रवृत्तिविरुद्ध संघर्ष गर्दै समाजवादको पक्षमा उभिन अपिल गरेका छन्।

    शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गरेको थियो भने राजावादी पक्षले तीनकुनेमा विरोध प्रदर्शनको योजना बनाएको थियो। तर, झडपका कारण एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्।