८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको हाजिरी कापी मेयर बालेनको सचिवालयमा

गुरागाईँ कार्यकक्षमा जबरजस्ती प्रवेश गरे पनि हाजिर गर्न पाएका छैनन्।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १८३
  • काठमाडौं, चैत्र २१ - काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सीएओ) सरोज गुरागाईँको हाजिरी कापी मेयर बालेन शाहको सचिवालयमा राखिएको छ।

    स्रोतका अनुसार, गुरागाईँ केही समयदेखि विवादमा परेपछि सचिवालयले उनको हाजिरी कापी आफूसँगै राखेको हो। गुरागाईँ कार्यकक्षमा जबरजस्ती प्रवेश गरे पनि हाजिर गर्न पाएका छैनन्।

    सचिवालयका एक सदस्यले भने, "केही समयदेखि हाजिरी कापी हामीसँगै छ। आज उहाँ कार्यकक्षमा जानुभएको थियो, तर हाजिर गर्न दिइएन। हाजिरी बिहान १० बजे मात्र हुन्छ।"