काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँ पुगेको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि, सोमबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको थियो।
प्रतिक्रिया दिनुहोस