१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विलियम बोसिस्टोको किर्तिमानी प्रदर्शन: कर्णाली याक्सको लगातार तेस्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ।



NPL
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५६
  • काठमाडौँ - विलियम बोसिस्टोको उत्कृष्ट बलिङ प्रदर्शनसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ।

    बोसिस्टोले ६ विकेट लिँदै कीर्तिमानी प्रदर्शन गरेपछि कर्णालीले मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। यसअघि सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले यस जितसँगै आफ्नो प्रदर्शन सुधार्दै लगातार तीन खेल जित्न सफल भएको छ।

    यो जितले कर्णालीको प्लेअफको सम्भावनालाई थप बलियो बनाएको छ।