२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चार घाइते

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।



Accident
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १८३
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति पौने ११ बजे अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

    लु प ०२००१ ह ०३५० नम्बरको अटो रुकुमकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

    दुर्घटनामा परी सिस्ने–६ पाखागाउँकी १२ वर्षीया विष्णु बुढाको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचारका क्रममा मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिम बहादुर केसीका अनुसार अटोमा सवार सिस्ने गाउँपालिका–६ का चालक तोप बहादुर कार्कीसहित अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये १४ वर्षीया सुशीला बुढा, ११ वर्षीया सुस्मिता बुढा, ६ वर्षीय महेन्द्र बुढा र चालक कार्की रहेका छन्।

    घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेकोले राति नै कोहलपुर पठाइएको छ भने अन्य तीनजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।