८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं उपत्यकाका सडक खाल्टाखुल्टी पुर्न लगभग ६ करोड खर्च

काठमाडौं उपत्यकाभित्र ४८ हजार वर्गमिटरभन्दा बढी सडकका खाल्टाखुल्टी पुर्ने कार्य सम्पन्न भएको छ।



Sadak
  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ९७
  • काठमाडौं- काठमाडौं उपत्यकाभित्र ४८ हजार वर्गमिटरभन्दा बढी सडकका खाल्टाखुल्टी पुर्ने कार्य सम्पन्न भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ७४ हजार वर्गमिटर सडक पुर्ने लक्ष्य लिएकोमा हालसम्म ५.७८ करोड रुपैयाँ खर्च भएको छ।

    सडक विभागका अनुसार काठमाडौं, भक्तपुर, र ललितपुरका सडकमा खाल्टाखुल्टी पुर्ने काम तीव्र गतिमा भइरहेको छ।

    काठमाडौं सडक डिभिजनले ३० हजार वर्गमिटरभन्दा बढी सडक पुर्दा ३.६ करोड रुपैयाँ खर्च गरेको छ। भक्तपुर र ललितपुरमा क्रमशः १.५ करोड र ६८ लाख रुपैयाँ खर्च भएको छ।

    सडक विभागका इन्जिनियर शुभराज न्यौपानेका अनुसार खानेपानी, विद्युत् र महानगरले विभिन्न ठाउँमा सडक भत्काएकाले उपत्यकाका सडकलाई पूर्ण रूपमा खाल्टाखुल्टीरहित बनाउन चुनौती रहेको छ।

    सडक मर्मतका लागि विभागले चालु आर्थिक वर्षमा ११.९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।