१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको प्रतिबद्धता: बीआरआई आफ्नै कार्यकालमा कार्यान्वयन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएको बीआरआई सम्झौता आफ्नै कार्यकालमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ८६
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क सम्झौता आफ्नै कार्यकालमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

    सरकारले बीआरआई सम्झौताको पूर्णपाठ सार्वजनिक गर्दै अनुदान कि ऋण भन्ने अस्पष्टता हटाएको छ। यस अन्तर्गत टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमीकोट सडक आयोजना, चीन–नेपाल सीमापार रेलमार्ग लगायतका १० परियोजनालाई प्राथमिकता दिइनेछ।

    सरकारका अनुसार यी परियोजनाहरू नेपाल–चीनको सहकार्य र आवश्यकतामा आधारित हुनेछन्। बीआरआईले नेपालका दीर्घकालीन विकास र नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।