८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई चार दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका उनलाई थपिएको चार दिनको म्याद सकिएपछि अदालतमा पेश गर्न लागिएको हो।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ९७
  • पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका उनलाई थपिएको चार दिनको म्याद सकिएपछि अदालतमा पेश गर्न लागिएको हो।

    कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न प्रतिवेदन तयार गरिरहेको छ। अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा चाँडै बुझाउने तयारीमा प्रहरी छ।

    सूर्यदर्शन सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन गरिएको छानबिन समितिको निष्कर्ष छ। लामिछानेले सूर्यदर्शनसँग कुनै सम्बन्ध नरहेको र आफ्नो नाममा ऋण निकासा भएको जानकारी नभएको बयान दिएका छन्।

    प्रहरीले पाँच जना हिरासतमा राखेको छ भने ३५ जनालाई फरार प्रतिवादीको सूचीमा राख्ने तयारी गरेको छ।