काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय, कास्कीले अदालत समक्ष अनुमति माग गरेको छ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरण, सहकारी ठगी, र संगठित अपराध सम्बन्धी अनुसन्धान पूरा गर्न समय आवश्यक रहेको प्रहरीले जनाएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा हिरासत म्याद थप गर्ने विषयमा बहस जारी छ। लामिछानेलाई सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। यसै आरोपमा पूर्वडीआईजी छविलाल जोशी, गुल्मीकी लिला पछाई, तनहुँका रामबहादुर खनाल, र पोखराका कृष्ण गुरुङ पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरुमाथिको अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाउने तयारी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस