८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संगठित अपराध मुद्दामा रवि लामिछानेको हिरासतमा ५ दिन म्याद थप

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।



Rabi Lamichhane
  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ९५
  • कास्की – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

    अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई हिरासत अवधि थप गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।

    लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनी हाल कास्की प्रहरीको हिरासतमा रहेका छन्।