२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाँच दिन मुग्लिन–पोखरा सडकको कोत्रे खण्डमा सडक अवरुद्ध

पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ।



Sadak
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १८५
  • तनहुँ- मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ।

    तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नतिको काम सुरु भएकाले आज मंसिर २८ गतेदेखि पुस २ गतेसम्म बिहान ८ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सवारी साधन सञ्चालन रोकिनेछ।

    यस अवधिमा यातायात व्यवसायी र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी कार्यालयले अनुरोध गरेको छ।

    सडक स्तरोन्नति कार्य सम्पन्न भएपछि यो खण्डमा यातायात थप सुगम र प्रभावकारी हुने अपेक्षा गरिएको छ।