२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहकारी ठगी प्रकरणमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा

मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापतिकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।



Sahakari
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९६
  • मोरङ - मोरङको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।

    बिहीबार जिल्ला अदालत मोरङमा सरकारी वकिलको कार्यालयले उनीहरूमाथि सहकारीको बचत रकम अपचलनको आरोपमा मुद्दा दायर गरेको हो।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हालसम्म तीन जना मात्रै पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्।

    सरकारी वकिल कार्यालयका अनुसार सहकारीबाट ठगी गरिएको २२ करोड रुपैयाँ बिगो माग गरिएको छ।

    अञ्जला कोइराला सहकारीकी पूर्व सञ्चालक रहेको पुष्टि भएको छ। यसैगरी, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंहलगायतका व्यक्तिहरू फरार रहेको जानकारी प्रहरी कार्यालयले दिएको छ।

    सरकारी पक्षले दोषीलाई कानूनी कठघरामा ल्याउन खोजिरहेको छ भने थप अनुसन्धान जारी छ।