२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुटवलमा जिप दुर्घटनामा तीनजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको तिनाउ पुलमा जिप दुर्घटना हुँदा एक दम्पतीसहित तीनजनाको मृत्यु भएको छ।



Accident
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २२६
  • बुटवल- पूर्व–पश्चिम राजमार्गको तिनाउ पुलमा जिप दुर्घटना हुँदा एक दम्पतीसहित तीनजनाको मृत्यु भएको छ।

    दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र ३२ वर्षीय जिप चालक हरि न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ।

    दमको उपचारका लागि गौरी खनाललाई अस्पताल लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।