२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ८४
  • काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलो गरी सुरु भएको हो।

    दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान, र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका एजेन्डामा छलफल भइरहेको छ। बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका कार्यसूचिमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।

    पार्टीको संगठन सुदृढीकरण, आगामी योजना, र राजनीतिक परिदृश्यबारे महत्वपूर्ण निर्णय लिने अपेक्षासहित बैठकलाई विशेष चासोका साथ हेरिएको छ।