८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुटवल र पाल्पालाई जोड्दै सिद्धार्थ केबलकार सञ्चालनमा

बुटवल र पाल्पाको ऐतिहासिक महत्वलाई जोड्दै सिद्धार्थ केबलकार हालै सञ्चालनमा आएको छ।



Cablecar
  • Sangeeta Gurung
  • १ हप्ता अघि
  • पाठक संख्या ८७
  • बुटवल र पाल्पाको ऐतिहासिक महत्वलाई जोड्दै सिद्धार्थ केबलकार हालै सञ्चालनमा आएको छ।

    एक अर्ब रूपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको यो केबलकारले बुटवलको देउराली डाँडालाई पाल्पाको नुवाकोटगढीसँग जोड्छ।

    गत दसैंबाट अनौपचारिक रूपमा सञ्चालनमा आएको केबलकारमा दैनिक १,००० भन्दा बढी पर्यटक आउने गरेका छन्। टिकट दर प्रतिव्यक्ति ३५० रूपैयाँ निर्धारण गरिएको छ भने सार्वजनिक बिदाको दिनमा भीड धेरै हुने भएकाले अघिल्लो दिन नै टिकट लिन सल्लाह दिइएको छ।

    सिद्धार्थ केबलकारको प्रस्थान विन्दु देउराली डाँडामा विश्व मानचित्रसहितको वाटर फाउन्टेन, ढुंगेधारा, र कमलको फूलको आकारमा बनाइएको लोटस पार्कजस्ता आकर्षण छन्।

    त्यहाँबाट ७ मिनेटको यात्रापछि पुगिने नुवाकोटगढी ऐतिहासिक, धार्मिक, र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो। यहाँ ५० फिट अग्लो बुद्धको मूर्ति, राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपाहान क्षेत्र, रानीकुवा, र शिवलिंगजस्ता सम्पदाहरू रहेका छन्।

    नुवाकोटगढीमा रिसोर्ट, जीपलाइन, बन्जीजम्प, र झोलुंगे पुलजस्ता संरचना निर्माण गर्ने योजना रहेको केबलकार प्रालिले जनाएको छ।

    सिद्धार्थ केबलकारले पर्यटन प्रवर्द्धनमा मात्र होइन, स्थानीय रोजगारी सिर्जनामा पनि योगदान पुर्‍याएको छ। २५ डब्बासहित सञ्चालनमा रहेको यस केबलकारले दैनिक १०,००० यात्रु आवतजावत गर्न सक्ने क्षमता राख्छ।

    परियोजनाले पर्यावरणीय दायित्वसमेत निर्वाह गर्दै सामुदायिक वनको क्षेत्रफलबराबरको जग्गा किनेपछि वृक्षरोपण गरी सरकारलाई हस्तान्तरण गरेको छ।