१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा योमरी पूर्णिमा र ज्यापु दिवसको र्‍याली सम्पन्न

मंसिर शुक्ल पूर्णिमाको अवसरमा भव्य र्‍याली आयोजना गरी नेवार समुदायले आज योमरी पूर्णिमा र ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन्।



Yomari Punhi and Jyapu Day Rally
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ११५
  • काठमाडौं - मंसिर शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले आज योमरी पूर्णिमा र ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन्। यस अवसरमा काठमाडौंमा भव्य र्‍याली आयोजना गरिएको थियो।

    र्‍याली बिहान १० बजे इन्द्रचोकबाट सुरु भई वटु र न्युरोड हुँदै बसन्तपुरमा सभामा परिणत भएको छ। सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

    र्‍यालीमा सहभागीहरुले परम्परागत नेवारी पोशाकमा सजिएर धिमे बाजा र झाँकी प्रदर्शन गरेका थिए। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी थिइन्।

    नेवार समुदायले योमरी पूर्णिमा पर्व नयाँ धान भित्र्याएको खुसीयालीमा नवअन्नप्राशनका रूपमा मनाउने गर्छन्। योमरी, नेवारी परिकार, चामलको पीठो, चाकु र तिलबाट बनाइने भएकाले यस पर्वलाई ‘योमरी पुन्हि’ पनि भनिन्छ।

    संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगका अनुसार, नेवार समुदायमा यो दिन घरलाई लिपपोत गरी धान राख्ने भकारीमा पूजा गरिन्छ। चेलीबेटीलाई सगुन स्वरूप तिल र चाकु भरिएको योमरी उपहार पठाउने परम्परासमेत रहेको छ।

    यस पर्वले सांस्कृतिक विविधता र परम्पराको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिन्छ।