२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गुल्मीको इस्मामा महिला मृत अवस्थामा फेला

गुल्मी – इस्मा गाउँपालिका–४ हुलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३४५
  • गुल्मी – इस्मा गाउँपालिका–४ हुलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। उपल्लो गहतेकी ५० वर्षीया मीना दर्लामी घर नजिकैको बलेनीमा मृत भेटिएकी हुन्।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार, मृतकका श्रीमान् शिव दर्लामीले राति पानी माग्दा श्रीमती नभेटेपछि खोजी गर्ने क्रममा उनको शव बलेनीमा देखेका थिए।

    घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ।

    शव अहिले घटनास्थलमै राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।