सुनसरी र चितवनमा प्रहरीले १२६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १२३ किलो ३९० ग्राम गाँजासहित ३१ वर्षीय धन बहादुर भण्डारीलाई पक्राउ गरिएको हो। उनलाई प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको जनाइएको छ।
त्यस्तै, चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो ८६४ ग्राम गाँजासहित ४६ वर्षीय सरद लम्साललाई पक्राउ गरिएको हो। उनलाई रत्ननगर टाँडीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।
यस घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस