८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

निकिता पौडेलले आफ्नो विषयमा मिडियाले ‘संवेदनशील विषयमा संवेदनहीनता’ देखाएको आरोप

निकिता पौडेलले आफ्नो विषयमा मिडियामा आएका समाचारप्रति प्रतिक्रिया दिँदै केही मिडियाले ‘संवेदनशील विषयमा संवेदनहीनता’ देखाएको आरोप लगाएकी छन्।



Nikita Paudel
  • Sangeeta Gurung
  • ६ दिन अघि
  • पाठक संख्या ११९
  • काठमाडौँ – चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा मिडियामा आएका समाचारप्रति प्रतिक्रिया दिँदै केही मिडियाले ‘संवेदनशील विषयमा संवेदनहीनता’ देखाएको आरोप लगाएकी छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले केही मिडियाले अनावश्यक रुपमा आफूले करोडौँको सम्पत्ति भएको भन्दै ‘मिडिया ट्रायल’ गरेको बताइन्। पौडेलले लेखेकी छन्, "आज बिहान बुवाले हाँस्दै सोध्नुभयो, 'तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड।' मैले पनि हाँस्दै भनेँ, 'त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु।'"

    उनले थप भनिन्, मिडियाले सही तथ्य बाहिर ल्याउनुभन्दा अनुमानका भरमा समाचार लेखिरहेको छ। "मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र?" भन्दै उनले आफ्नो सम्पूर्ण बैंकिङ विवरण प्रहरीलाई बुझाइसकेको जानकारी दिइन्।

    निकिता पौडेलले आफ्नो खातामा कति पैसा छ भनेर सोधेको भए आफूले सहजै बताउने पनि स्पष्ट पारिन्। साथै, श्रीमान् हिरासतमा रहँदा मिडियाले देखाएको ‘पुरुषार्थ’ र समाजको मूकदर्शक भूमिकाले झनै आश्चर्यचकित बनाएको उनले बताइन्।

    यो प्रकरणसँगै उनले मिडिया र सार्वजनिक व्यक्तिहरूले संवेदनशील विषयमा संवेदनशील बन्नुपर्ने आग्रह गरेकी छन्।