काठमाडौँ - विदेश पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा घर भई काठमाडौँ बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ घर भई भक्तपुर बस्ने २० वर्षीय मिसन गुरुङ रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार गिरीले अमेरिका पठाउने भन्दै ३ जनाबाट २४ लाख रुपैयाँ ठगेका थिए। त्यस्तै, गुरुङले माल्टा पठाउने बहानामा ३ लाख रुपैयाँ ठगेको खुलेको छ।
पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस