८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मात्र तीन महिनामा नेपाल विद्युत् प्राधिकरणको ९ अर्ब ११ करोड नाफा

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ।



Nepal Electricity Authority
  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ५२
  • काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा करकट्टी नगरेको अवस्थामा हो।

    साउनदेखि असोज मसान्तसम्म प्राधिकरणको कुल आम्दानी ४१ अर्ब ८० करोड रुपैयाँ र खर्च ३२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। विद्युत् बिक्रीबाट २८ अर्ब ९५ करोड रुपैयाँ आम्दानी भएको छ।

    विद्युत् खरिदका लागि प्राधिकरणले २१ अर्ब ९ करोड रुपैयाँ खर्च गरेको छ। भारतबाट बिजुली आयात नगरी १ अर्ब ४० करोड युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ।

    नेपाल सरकार र वैदेशिक सहयोगमार्फत १६ अर्ब ९३ करोड रुपैयाँ आयोजना तथा विद्युतीकरणमा खर्च गरिएको छ।