८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिविको जग्गा हिनामिना गर्ने कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री

केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही गरिने बताएका छन्।



KP Oli
  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ६८
  • काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही गरिने बताएका छन्।

    उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै भने, "त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गरिनेछ। जग्गा विश्वविद्यालयकै नाममा ल्याइनेछ, र हिनामिना गर्ने जोकोहीलाई कारबाही हुनेछ।"

    प्रधानमन्त्रीलाई मंगलबार शारदाप्रसाद त्रिताल नेतृत्वको आयोगले प्रतिवेदन बुझाएको थियो। ओलीले ललिता निवासको जग्गा प्रकरण सम्झिँदै सरकारले यसलाई पनि कानुनी टुंगोमा पुर्‍याउने बताएका छन्।