धनकुटा - १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटामा एक युवक पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका–३ स्याउले मोड बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोलका २१ वर्षीय लिलाबहादुर विश्वकर्मालाई हिजो (मंगलबार) साँझ प्रहरीले पक्राउ गरेको हो ।
लिलाबहादुरले बालिकालाई आफ्नो कोठामा सोमवार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएका छ । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस