२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दाङमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

तुलसीपुर उपमहानगरपालिका-२ मा घरायासी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 



Arrest
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २०३
  • दाङ - तुलसीपुर उपमहानगरपालिका-२ मा घरायासी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

    ३० वर्षीय चित्रबहादुर बुढाथोकीले आईतबार बिहान १० बजे श्रीमती हस्तकुमारी वुढाथोकीमाथि आक्रमण गरेका थिए, जसले घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जनाएका छन। 

    प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।