१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरा सडक महोत्सव पुस १३ देखि सुरु हुने

आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न पुस १३ देखि १७ सम्म पोखरामा २६औँ सडक महोत्सव हुने भएको छ।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ३०४
  • पोखरा - आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न पुस १३ देखि १७ सम्म पोखरामा २६औँ सडक महोत्सव हुने भएको छ। रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागेको हो।

    “सडकमै खाऔँ, सडकमै रमाऔँ” नाराका साथ लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ। रेवानका अध्यक्ष सङ्घर्ष विष्टका अनुसार महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै विदेशी पर्यटकको बसाई लम्ब्याउन मद्दत गर्दछ।

    गत वर्ष पाँच लाख पर्यटकले महोत्सव अवलोकन गरेका थिए। यो वर्ष पनि यस्तै उपस्थिति अपेक्षा गरिएको छ। महोत्सवमा २० प्रतिशतसम्म छुट, निःशुल्क व्यापारिक कक्ष, र लोपोन्मुख सांस्कृतिक कार्यक्रम, लाइभ कन्सर्ट, झाँकी प्रदर्शन, र खेलकुद प्रतियोगिताहरू मुख्य आकर्षण रहनेछन्।

    नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, र पोखरा पर्यटन परिषद्को सहकार्यमा महोत्सव आयोजना हुँदै आएको छ।