काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँमा कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस