२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ

चन्द्रागिरी नगरपालिका–१० स्थित खड्का गाउँबाट २४ वर्षीय विश्वास तामाङलाई १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा पक्राउ गरिएको छ।



??????
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १५७
  • काठमाडौँ – काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० स्थित खड्का गाउँबाट २४ वर्षीय विश्वास तामाङलाई १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा पक्राउ गरिएको छ।

    सरिता तामाङ धादिङको गजुरी गाउँपालिका–४ घर भइ काठमाडौँको सतुंगलमा डेरा बस्दै थिइन् । उनी बुधवार मृत अवस्थामा फेला परेकी थिइन्। उनका दाजुले हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।

    प्रहरीले आरोपीको साथबाट मृतकको मोबाइल पनि बरामद गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।