काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको ११३७औं बैठकले साधारण चुक्ता पूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार ७८ को ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यसका साथै, सरकारले आफ्नो फिर्ता नहुने अग्रिधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँमा ६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ।
लेखा परीक्षणपछि, बैंकले सेयरधनीलाई नगद वा बोनस कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। सञ्चालक समितिले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस