भक्तपुर – भक्तपुरको थिमीमा यस वर्षको 'मध्यपुर महोत्सव' आयोजना हुने भएको छ। मध्यपुर थिमी नगरपालिकाले बिहीबार पत्रकार सम्मेलनमार्फत सो महोत्सवको जानकारी दिएको हो। पुस १२, १३ र १४ गते आयोजना हुने महोत्सवको शुभारम्भ नयाँ ठिमीको शंखधर चोकबाट हुने छ।
महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी बालकुमारी, चापाचो, नगदेश, बोदे हुँदै तिगनीको निलबाराही क्षेत्रसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ। महोत्सवको मुख्य उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै नगर र नगरबासीको आर्थिक समृद्धिमा योगदान पुर्याउनु रहेको नगरपालिकाका प्रतिनिधिहरूले बताएका छन्।
यस महोत्सवले स्थानीय कलाकारहरूको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र विविध प्रदर्शनीका माध्यमबाट मध्यपुरको सांस्कृतिक धरोहर र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस