काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस