सामाजिक सञ्जालमा निकै नै चर्चित भएर मुनामदनको नाम पाएका जोडी बिबेक पंगेनी र श्रीजना सुवेदीको प्रेम कहानीले धेरैलाई छोएको थियो। तर, बिबेक पंगेनीको निधनसँगै यो जोडीको कहानीले दुःखद मोड लिएको छ।
अमेरिकाको जर्जिया विश्वविद्यालयमा भौतिकशास्त्र र खगोलशास्त्रमा विद्यावारिधि गर्दै गरेका बिबेक पंगेनीलाई २०२२ मा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। ब्रेन ट्यूमर भएको थाहा पाएपछि उनको पत्नी सृजन सुवेदीले उनलाई एक पल पनि एक्लो बनाएनन्।
उनले आफ्नो स्वास्थ्य समस्याबारे सामाजिक सञ्जालमा खुलेर चर्चा गर्दै आएका थिए। यसले धेरै जनालाई प्रेरणा दिएको थियो। उनकी श्रीमती श्रीजना सुवेदीले बिबेकको उपचारको क्रममा उनलाई साथ दिइरहेकी थिइन्।
विवाहअघि ६ वर्ष लामो सम्बन्धमा रहेको यो जोडीको प्रेम र संघर्षको यात्रा सामाजिक सञ्जालमा निकै चर्चित थियो। बिबेकले आफ्नो संघर्षपूर्ण जीवनमा पनि आशा, साहस र प्रेमको भावना जिउँदै राखे।
तर, लामो समयसम्म उपचार गरेर मृत्यु सँग लड्दै आएपनि अन्त्यमा उनको हार भयो। उनले पुस ४ गते अन्ततः जीवनको अन्तिम सास फेरे। उनको निधनले सामाजिक सञ्जालमा शोकको लहर फैलिएको छ।
धेरैले श्रीजना र बिबेकको प्रेमलाई उदाहरणीय मान्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रतिक्रिया दिनुहोस