कास्की- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबार मात्र मुद्दा दर्ता हुनेछ।
थप जाहेरी परेकाले जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ परेकामाथि मुद्दा दर्ता गर्न लागेको हो। जीबी राईसँगै फरार अभियुक्तहरूमा उनका दाजु भूपेन्द्र र सहकारीका पदाधिकारीसमेत छन्।
अभियुक्तहरूविरुद्ध वचतकर्ताको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना आरोपमा सहकारी ऐनअनुसार जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ। प्रहरी प्रतिवेदनअनुसार नक्कली सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरिएको छ।
सूर्यदर्शन सहकारीले २०६५ सालदेखि नै रकम अन्य क्षेत्रमा लगानी गर्दै आएको ठहर छ। आइतबार थप अभियुक्तहरूविरुद्ध मुद्दा दर्ता हुनेछ।
प्रतिक्रिया दिनुहोस