काठमाडौं - आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ पुगेको छ।
शुक्रबार सुन १ लाख ४८ हजार ५ सय र चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस