२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा निकिता पौडेल पनि प्रतिवादी

सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।



Tikita Paudel
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १६०
  • कास्की, पुस ७ - सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।

    कास्की जिल्ला अदालतमा सम्पत्ति जफत गर्ने उद्देश्यले पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

    कास्कीका जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले दियको जानकारी अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ।

    रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी तीन वटा मुद्दा दर्ता भएका छन्।