१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुर बोल्ट्सको ऐतिहासिक जित: साधुसन्तहरुलाई भोज र जनकपुरधाममा उत्सव

जनकपुर बोल्ट्सले पहिलो एनपीएल क्रिकेटको उपाधि जितेपछि साधुसन्तहरुलाई विशेष भोज खुवाएर यो ऐतिहासिक क्षणलाई सम्झाएका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४२६
  • जनकपुर, पुस ७ - जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेपछि जनकपुरधाम र आसपासका क्षेत्रमा उत्सवको माहोल छ।

    मधेस प्रदेशका युवाहरूले साधुसन्तहरुलाई विशेष भोज खुवाएर यो ऐतिहासिक क्षणलाई सम्झाएका छन्।

    शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो।

    यस जितको उपलक्ष्यमा श्री महावीर युवा कमिटी, जनकपुरधामले साधुसन्तहरुलाई बेलाएर भण्डारा आयोजना गरेको हो।

    कमिटीका उपाध्यक्ष सरोजकुमार चौधरीका अनुसार, फाइनल खेल अघि जनकपुरको जितको कामना गर्दै विशेष पूजाआजा र हवन गरिएको थियो। उनले एनपीएलको पहिलो उपाधि जित्नु मधेस प्रदेशकै गर्वको कुरा भएको बताएका छन्।

    यसैबीच, एनपीएलको जितको खुसीयालीमा पर्साको सखुवा पर्सौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर र आसपासका क्षेत्रमा स्थानीयहरूले जनकपुर बोल्ट्सको यो उपलब्धिलाई मधेस प्रदेशको पहिचान र गौरवको प्रतीकको रूपमा हेरिरहेका छन्।