२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कास्की जिल्ला अदालतमा रवि लामिछानेसहितका बयान जारी

कास्की जिल्ला अदालतमा रवि लामिछानेसहितका आरोपितहरूको बयान आज पनि जारी रहेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १५३
  • कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितहरूको बयान आज पनि जारी रहेको छ।

    हिजो अर्थात सोमबार छविलाल जोशीको बयान लिइएको थियो। लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

    सरकारी वकिल कार्यालयले लामिछानेलाई रु २७ करोडभन्दा बढीको बिगो दाबी गरेको छ। उनी गत कात्तिकमा पक्राउ परेका थिए ।

    यस सहकारी ठगि प्रकरणका मुख्य योजनाकार जीवी राई अझै फरार छन्।