२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुवा र भाइको हत्या स्वीकार गर्दै जेठो छोराले गरे आत्मसमर्पण

बालकोटमा बुवा र भाइको हत्या गरेको स्वीकार गर्दै जेठा छोराले आत्मसमर्पण गरेका छन्।



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २४७
  • भक्तपुर, पौष ९ - सूर्यबिनायक नगरपालिका-२, बालकोटमा बुवा र भाइको हत्या गरेको स्वीकार गर्दै जेठा छोराले आत्मसमर्पण गरेका छन्। कुलप्रसाद आचार्यका जेठा छोरा मिलन आचार्यले प्रहरीमा सो हत्या आफैले गरेको भनी आत्मसमर्पण गरेका हुन्।

    सोमबार मृत फेला परेका ५६ वर्षीय कुल प्रसाद र २२ वर्षीय प्रबिन आचार्यको हत्या आफैँले गरेको मिलनले प्रहरी वृत्त महाराजगञ्जमा स्वीकारेका छन्। कुलप्रसादको टाउको र कानमा चोटका दाग फेला परेका थिए।

    प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ भने पारिवारिक विवादको कारण हत्या भएको आशंका गरिएको छ।