२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोरङमा महिलामाथि बलात्कार, तीन जना पक्राउ

बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी महिलामाथि बलात्कार भएको खुलासा भएको छ।



Pakrau
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४१५
  • मोरङ, पुस १० - मोरङको कटहरी गाउँपालिका–२ मा बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी महिलामाथि बलात्कार भएको खुलासा भएको छ।

    प्रहरीले आइतबार राति तीन जनालाई पक्राउ गरेको छ। जहदा गाउँपालिकाकी ती महिला बिहान घरबाट निस्केपछि दुई किलोमिटर टाढा अचेत अवस्थामा फेला परेकी थिइन्।

    महिलाको हात-खुट्टा बाँधिएको, मुखमा पट्टी लगाइएको र कपडाहरू च्यातिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। होसमा आएपछि सोधपुछका क्रममा घटना खुल्न आएको हो।

    डिएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको छ।