
काठमाडौं, पुस १० - राष्ट्रपति रामचन्द्र पौडेलको चार वर्ष पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
भिडियोमा पौडेलले प्रधानमन्त्री केपी ओलीलाई उनी लोकतन्त्रका लागि नभएर ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन्।
यो भिडियो २०७७ साल मंसिरमा पौडेलले तनहुँमा एक पुल उद्घाटन कार्यक्रमको दौरान गरेको अभिव्यक्तिका क्रममा छ। त्यतिबेला प्रहरीले उनलाई पक्राउ गरेको थियो र तीन घण्टा नियन्त्रणमा राखेपछि उनले ओलीको आलोचना गरेका थिए।
पौडेलले ओलीलाई लोकतन्त्रका लागि होइन, झापा काण्डको कारण जेल बसेको आरोप लगाउँदै भारतीय गुप्तचर संस्था ‘रअ’सँग गोप्य वार्ता गरेको पनि बताएका थिए। उनले थप भनेका थिए, ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो। जोसमा आएर झापा काण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ। केपी ओली मेरा अगाडि कुरा गरूँन् ।’
यो भिडियो अहिले ओली समर्थक र आलोचकबीच बहसको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस