नेपालमा बसेर के गरिस् भन्नेलाई ब्याचलर क्लियर गरे भन्छु।
हो, मैले नेपालमा बसेर यत्रो वर्षमा प्राप्त गरेको भनेको त्यही ब्याचलर डिग्रि हो। यति वर्ष दुःख गरेर पढ्यो तर यहाँ काम पाउनलाई पढाइ भन्दा पनि कति अनुभव छ त्यो हेरिने रहेछ। पहिले काम गरेको छ भने काम पायो नत्र तै प्रमाणपत्र मात्र त रहेछ।
अनुभव बिना यो प्रमाणपत्र एउटा कागज सरहको हुने रहेछ। म ब्याचलर पछि जागिरको खोजीमा थिए। भनेको जस्तो जागिर पनि भेटाएको थिए तर मलाई त्यो नदेखेर फालियो जसको लागि म जागिर खोज्दै थिए, त्यो हो अनुभव।
हो म त्यही अनुभव बटुल्नको लागि जागिर खोज्दै भौतारिरहेको थिए। सबैले अनुभवी खोज्ने यो सहरमा मलाई अनुभवी बनाइदिने कोही भेटिन। ब्याचलर को प्रमाणपत्र त छ तर यसलाई अनुभव नमानिने रहेछ। यत्रो वर्ष पढेको मेरो अनुभव पेपरको लागि मात्रै त रहेछ। अनुभव बटुल्न मलाई कसैले मौकानै दियन अनि कहा बाट ल्याऊ अनुभव।
पहिले लाग्थ्यो ब्याचलर गरेपछि राम्रो जागिर पाइन्छ, त्यसैले मैले मेरो पुरा समय पढ्नमा नै बिताए। तर अहिले आएर थाहा भयाे यहाँ पढाइ भन्दा पनि अनुभव सिक्नुपर्ने रहेछ। बल्ल अहिले म बुझ्दै छु नेपालीले नेपाल छाडेर किन विदेश रोज्छन्। विदेशमा हरेक कुरामा सबैलाई मौका दिइन्छ। सीप नभएकोलाई आफूलाई मन पर्ने सीप सिकाईन्छ। विदेशमा अबसरको कमि छैन । यहि कारणले अहिले युवाहरु विदेश जाने गर्छन ।
म जस्तै लाखौं विद्यार्थी छन् जसले राम्रो पढेर पनि अनुभव नभएकोले जागिर पाउँदैनन्। त्यसैले त रहेछ अहिले विदेश जानेको संख्या झन् बढ्दै गएको। यसरीनै युवाहरुले देश छाड्दै जाने हो भने कुन दिन देश रित्तिन्छ।
नेपाल सरकारले बेलैमा सबैलाई काम गर्ने बाताबरण सिर्जना नगर्ने हो भने यो देशमा युवा भेटिँदैनन्। युवाहरू विदेश जान नदिन रोजगारी सृजना गर्नुका साथै अनुभब बटुल्नको लागि अबसरहरु पनि दिइनु पर्दछ । अनि पो बन्छन् सबै नेपाली अनुभवी।
प्रतिक्रिया दिनुहोस