२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ६ जना घाइते

सिमलताल नजिकै भएको बस दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्।



Accident
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या २०२
  • चितवन, पुस १५ – नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै भएको बस दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्।

    बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

    घाइते यात्रुहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ। सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।

    दुर्घटना आज बिहान करिब साढे ४ बजेतिर जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढतर्फ भएको हो। बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिएको प्रहरीको भनाइ छ।