१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की अदालतमा जारी

लामिछानेका तर्फबाट १५, पूर्वडिआइजी जोशीका तर्फबाट ६ र अन्य प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन्।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३८९
  • पोखरा, पुस १९- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा रवि लामिछानेसहित सात जनाको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ।

    शुक्रबारदेखि प्रतिवादीतर्फका वकिलहरूले बहस सुरु गरेका छन्। यसअघि बिहीबार पीडित सहकारीका वकिलहरूले बहस गरे पनि समय अभावका कारण प्रतिवादीका वकिलहरूको पालो पुगेको थिएन।

    शुक्रबार छबिलाल जोशी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि मात्र रवि लामिछाने र अन्य प्रतिवादीका वकिलहरूले तर्क प्रस्तुत गर्ने तयारी गरेका छन्।

    लामिछानेका तर्फबाट १५, पूर्वडिआइजी जोशीका तर्फबाट ६ र अन्य प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन्। अदालतको यो बहसलाई सहकारी पीडित र कानूनी क्षेत्रले चासोका साथ हेरिरहेका छन्।