२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बहस जारी

सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १५६
  • कास्की, पुस २१ – सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ।

    शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। यसअघि सरकारी वकिल र सहकारी पीडित पक्षका कानुन व्यवसायीहरूले बहस गरिसकेका छन्।

    सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। बहसपछि प्रतिवादीलाई थुनामा राख्ने वा थुनामुक्त गर्ने निर्णय हुनेछ।